फागुन १५, काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको सुनवाइ आज पनि हुने भएको छ । आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिमा मुद्दा हेर्दाहेर्दैमा राखिएको हुनाले उक्त सुनुवाई आज पनि हुन लागेको हो।
नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा गरेको निवेदन गएको र लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदन दुबैमा आज सोमबार पुन सुनिवाई हुदै छ।