जेठ ५, काठमाडौँ । आईपीएल - इन्डियन प्रिमियर लिग क्रिकेटमा हिजो राती भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर ८ विकेटले विजयी भएको छ ।
बिहीबार रातिको खेलमा कोहलीले आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादमाथि ८ विकेटको सानदार जित निकालेको हो।
सनराइजर्स हैदरावादले दिएको १८७ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो ।
राजीव गान्धी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८६ रन बनाएको थियो । बैंग्लोरको यो जितसँगै प्लेअफमा पुग्ने सम्भावना कायम भएको छ ।१३ खेलबाट १४ अंक जोडेको बैंग्लोर अंक तालिकाको चौथो स्थानमा उक्लेको छ।
- न्युज बहार संवाददाता