Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

घरेलु मैदानमा चौँथो पटक पराजित रोयल च्यालेन्जर्स बेंगलोर।

  •   ४ वर्ष अघि | १४ बैशाख २०८०, बिहिबार

बैशाख १४, काठमाडौं । आईपीएल - इन्डियन प्रिमियर लिग २०२३ को हिजो राति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई घरेलु मैदानमा दोस्रो पटक पराजित गरेको छ ।

हिजो बुधबार राती बेंगलुरु माथी कोलकताले बेंगलोरलाई २१ रनको रोमाञ्चक जित हात पारेको हो।

बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०० रनको योगफल तयार गरेको थियो।  

२०१ रनको लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७९ रन मात्र बनाउन सफल भयो ।

यस सिजनको तेस्रो जित हातपारेको कोलकता ८ खेलबाट ६ अंक जोडेर अंकतालिकाको सातौं स्थानमा छ भने चौथो हार बेहोरेको बेंगलोर ८ खेलबाट ८ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

  • न्युज बहार संवाददाता

थप