फागुन ९, काठमाडौं। आज भएको आइसिसी क्रिकेट
विश्वकप लिग टू मा नेपालले जित हासिल गरे पछी क्रिकेट खेलाडीहरुलाई प्रधानमन्त्री
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई दिएका छन् ।
प्रधानमन्त्री
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमार्फत आइसिसी
क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात
पारेकामा बधाई दिएका हुन् ।
प्रधानमन्त्रीले
सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्, ‘आइसिसी क्रिकेट विश्वकप लिग टू
च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा
भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण
खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’