चैत
१, काठमाडौँ। आफ्नो अन्तिम खेलमा आज पपुवान्युगिनी (पिएनजी) ले युएईविरूद्ध
खेल्दैछ। आईसीसी
विश्वकप क्रिकेट लिग टु अन्तर्गतको अन्तिम खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा
बिहान साढे ९ बजेबाट सुरू भएको छ। आजको खेलमा पीएनजीले युएईमाथि लगातार पाचौं खेलमा जित हात पार्ने
लक्ष्य लिएको छ।
युएईसँगको
पहिलो खेलमा पाँच दिन अघि काठमाडौंमा भएको पीएनजीले युएईविरुद्ध ५६ रनको जित निकालेको
थियो। लयो जहित सँगै पीएनजीले लगातार चौथो जित निकालेको थियो।
पिएनजीले
आज पनि सोही लयलाई कायम राख्दै अन्तिम खेलमा सुखद नतिजासँगै विश्व क्रिकेट लिग टु
टुंग्याउने योजनामा बनाएको छ। हालसम्म पिएनजीले ३५ खेलबाट ५ जितसहित ११ अंक मात्र
जोडेको छ।
- न्युज बहार संवाददाता