पुस ३, काठमाडौँ । एनपिएल - नेपाल प्रिमियर लिगको इलिमिनेटरको
खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २१ रनले पराजित गरेको छ । यो सँगै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको
छ।
यता चितवन
भने एनपिएलबाट बाहिरिएको छ । अब कर्णालीले फाइनल प्रवेशका लागि बिहीबार
प्रतिस्पर्धा गर्नेछ।
दोस्रो
क्वालिफायरमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा पराजित हुने टोलीसँग
कर्णालीले प्रतिस्पर्धा गर्नेछ। जनकपुर र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर खेल पनि
आजै हुँदैछ।
यो खेल खेलीसकेपछी विजेता टोली फाइनल पुग्नेछ।
- न्युज बहार संवाददाता