फागुन २, काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियालाई नेपालले २ विकेटले पराजित
गरेको छ।नेपालले ८ विकेटको
क्षतिमा ४७.४ ओभरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पूरा गरेको हो।
यो जित सँगै नेपालले अहिलेसम्मकै ठूलो लक्ष्य पार गर्न सफल भएको
छ। यसअघि नेपालले युएईले दिएको २५५ रनको लक्ष्य पार गरेको थियो। ओपनर कुशल भुर्तेलको शतक, कप्तान रोहितकुमार पौडेलको बलियो साथ
अनि करण केसीको ५ विकेटको मद्दतमा नेपालले नामिबियामाथि २ विकेटको कीर्तिमानी जित
निकालेको छ ।
नेपालको जितमा कुशल भुर्तेलले सतकीय पारी खेले। ११२ बल उनले ४ छक्का र १० चौकासहित ११५ रन बनाए।रोहितकुमार पौडेल कप्तानले अर्धशतक बनाए। उनले ७६ बलमा ७२ रन जोड्ने क्रममा ३ छक्का र ७ चौका प्रहार गरे।