Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आईसीसी विश्वकप लिग–२ मा नेपालको लगातार पाँचौं जित।

पीएनजी माथि सहज जित ।

  •   ४ वर्ष अघि | १५ फाल्गुन २०७९, सोमवार

फागुन १५, काठमाडौँ । यूएईमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित हात पारेको छ । सोमबार यूएईमा भएको खेलमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित गरेको हो । पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ४५ ओभर २ बलमा ६ विकेट गुमाउँदै २०७ रन बनायो । कुशल भुर्तेलले नेपालका लागि ५६ रनको शानदार अर्धशतकीय पारी खेले भने ६९ बल खेलेका उनले ५ चौका प्रहार गरेका थिए। 

त्यस्तै नेपालको जितमा आसिफ शेखले ४४ रनको योगदान गरेका थिए भने यता नेपालका लागि कप्तान रोहित कुमार पौड्यलले २० रन बनाउँदा दिपेन्द्र सिंह ऐरी १७ र कुशल मल्लले १२ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रनको टार्गेट बनाएको थियो।

  • न्युज बहार संवाददाता

थप