मंसिर २८, काठमाडौँ । आगामी सिजनको पाकिस्तान सुपर लिग (पीएसएल) र इन्डियन प्रिमियर लिग (आईपीएल) दुवै विदेशी फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका खेलमा नेपाललि खेलाडीहरुको उपस्थिति नहुने भएको छ । दुवै विदेशी फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीहरुलाई मैदानमा देख्न नपाइने भएको हो । बुधबार राति सम्पन्न पीएसएलको ‘ड्राफ्ट’ मा कुनै पनि नेपाली खेलाडी नबिकेपछी यि दुबै खेलमा नेपाली खेलाडिको उपस्थिति नहुने निश्चित भएको हो ।
१० जना नेपाली खेलाडीले आगामी सिजनको पीएसएलका लागि नाम दर्ता गराएका थिए । त्यसमा नेपालका चर्चित लेग–स्पिनर सन्दीप लामिछाने ‘प्लाटिनम’ समूहमा रहेका थिए तर उनलाइ कुने पनि टिमले किनेनन् । यदि कुनै क्लबले प्लाटिनम’ समूहमा रहेका खेलाडीलाई खरिद गरेको भए सबैभन्दा बढी रकम प्राप्त गर्ने थिए ।
यसअघि नेपाली खेलाडीहरुले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि पनि आफ्नो नाम दर्ता गराएका थिए । तर, कुनै पनि नेपाली खेलाडीलाई आईपीएलका ‘अक्सन’ का लागि अन्तिम सूचिमा समावेश गरिएन । नेपाली खेलाडी सन्दीप लामिछानेले यसअघि आईपीएल खेलिसकेका छन् ।
- न्युज बहार संवाददाता