बैशाख १९, काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । आज भएको खेलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधी जितेको हो। यस जित सँगै नेपालले एसिया कपमा आफ्नो पनि स्थान सुरक्षति बनाएको छ ।
यूईएले लिएको ११८ रनको सामान्य लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो हो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की नटआउट ३६ रनमा बनाए।
नेपाल कप्तान रोहितकुमार पौडेल आउट भएपछि केही दबाबमा परेको थियो तर नेपालको जितका लागी गुल्शन झा र भीम सार्कीको साझेदारीले मिलेर जित दिलाएको छ।
- न्युज बहार संवाददाता