कार्तिक ३०, काठमाडौँ । नेपालले आज चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेल हङकङसित खेल्ने भएको छ।
बिहान ११:४५
बजेदेखि उक्त खेल सुरु हुने छ । नेपाल आफ्नो पहिलो खेलमा पराजित भएकोले आज हुने यो
खेल जित्नैपर्ने दबाबमा रहेको छ ।
बुधबार नेपाल आफ्नो पहिलो खेलमा तान्जानियासित २७ रनले
पराजित भएको थियो ।
- न्युज बहार संवाददाता