असार ३ काठमाडौँ। जिम्बावेमा आजबाट आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता सुरू भएको छ। प्रतियोगिताको पहिलो खेलमा घरेलु टिम जिम्बावेविरूद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा घरेलु टिम समेत रहेको जिम्बावेले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।
नेपाली टिममा आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन।
- न्युज बहार संवाददाता