पुस १४, काठमाडौँ । एनएसएल - नेपाल सुपर
लिगको उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।
आज शनिबार
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल ललितपुर सिटी एफसीले खेलमा
धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै उपाधि जितेको हो ।
ललितपुरले उपाधिसँगै
७० लाख रुपैयाँ पनि पाएको छ ।
धनगढी एफसी
गत सिजनमा र यस सिजन दुबैमा उपविजेता मै सीमित हुन पुगेको छ ।
- न्युज बहार संवाददाता