मंसिर २६, काठमाडौँ । यू-१९ एसिया कप
क्रिकेटमा भारतसँग नेपाल १० विकेटले पराजित भएको छ ।
भारतले दुबईको
आईसीसीए २ मैदानमा जितका लागि पाएको ५३ रनको सामान्य लक्ष्य बिना क्षति ७.१ ओभरमा
पुरा गरेको छ ।
यसअघि नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो । नेपाल २२.१
ओभरमा ५२ रनमा अल आउट भएको थियो । नेपालको यो यू-१९ क्रिकेटमा अहिलेसम्म्कै न्यून
स्कोर हो ।
नेपालको यो प्रतियोगितामा तेस्रो हार हो ।
- न्युज बहार संवाददाता