Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालले जितका लागी ओमानलाई दियो ३११ रनको विशाल लक्ष्य ।

  •   ४ वर्ष अघि | ८ बैशाख २०८०, शुक्रबार

बैशाख ८, काठमाडौँ। नेपालले एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत आज भएको खेलमा ओमान बिरुद्ध ३११ रनको विशाल लक्ष्य जोड्न सफल भएको छ।

टस हारेर काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै ३१० रनको योगफल तयार पारेको छ। अब अमनले नेपाललाई जित्नको लागी ३११ रन बनाउनु पर्ने हुन्छ।

कुशल मल्लले नेपालका लागि कीर्तिमानी शतक प्रहार गरे। उत्कृष्ट ब्याटिङ गरेका कुशलले ६४ बलमा १० छक्का र ९ चौकाको साहायताले कुल १०८ रन बनाउन सफल भए।

यो मल्लको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक पनि हो।

एसिसी मेन्स प्रिमियर क्रिकेट प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ गते सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ।

  • न्युज बहार संवाददाता

थप