Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

वाफ च्याम्पियनसिपमा लेबनानविरुद्ध २–१को जित निकाल्दै नेपाल फाइनलमा प्रवेश

  •   ३ वर्ष अघि | १६ फाल्गुन २०८०, बुधबार

फागुन १६, काठमाडौँ । पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को हिजो मंगलबार भएको खेलमा नेपालले लेबनानविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । 

नेपालले मंगलबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रङ्गशालामा भएको खेलमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै फाइनल यात्रा तय गरेको हो । 

नेपालको जितमा प्रीति राई र सावित्रा भण्डारीले गोल गरेका छन । नेपालले इन्जुरी समयको अन्तिम मिनेटमा प्रीति राईले उत्कृष्ट गोल गरेपछि २–१ को रोमाञ्चक जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

अब उपाधिका लागि नेपालले जोर्डनसँग खेल्नेछ ।

  • न्युज बहार संवाददाता

थप