Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालद्धारा स्कटल्यान्ड ३ विकेटले पराजित।

दिपेन्द्र र कुशलबीच छैटौं विकेटका लागि सय रनको साझेदारी

  •   ४ वर्ष अघि | ५ फाल्गुन २०७९, शुक्रबार

फागुन ५, काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले कीर्तिपुरमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तरगतको खेलमा लगातार दोस्रो जीत निकाल्दै स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ ।

नेपालको जितमा कुशल मल्ल रदिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको थिए । यस्तै दिपेन्द्रसिंह ऐरीले नटआउट ८५ रन जोडेका छन । ऐरीले ११६ बलमा १ छक्का ८ चौका र हाने।

दिपेन्द्र र कुशलबीच छैटौं विकेटका लागि सय रनको साझेदारी भएको थियो। यहि साझेदारी नेपालको जितको आधार बन्यो। 

बलिङमा नेपालका सन्दीप लामिछानले तीन विकेट लिए भने उनले १० ओभरमा २७ रन मात्र दिए। कुशल मल्लले दुई विकेट लिए भने सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक-एक विकेट हात पारे।

सिरिजमा पहिलो खेलमा दुवै टिमले जित हात पारेका थिए। दुवैले टिमले नामिबियालाई पराजित गरेका हुन। 

सिरिजमा नेपालले भोलि नामिबियासँग आफ्नो तेस्रो खेल खेल्दै छ र त्यसपछी मंगलबार अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्नेछ। 

थप