Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विश्वकपको तयारीका लागि खेलिएको अनौपचारिक वाम अप खेलमा नेपालले स्कटल्यान्डलाई १३५ रन हरायो

  •   ३ वर्ष अघि | २४ पुस २०८०, मङ्लबार

पुस २४, काठमाडौँ । नेपाल अहिले आइसिसी यू-१९ विश्वकपका लागि दक्षिण अफ्रिकामा रहेको छ । यसैबिच विश्वकपको तयारीका लागि खेलिएको अनौपचारिक वाम अप खेलमा नेपालले स्कटल्यान्डलाई १३५ रनले पराजित गरेको छ। 

नेपालले सोमबार राति सकिएको खेलमा स्कटल्यान्डलाई २८५ रनको लक्ष्य दिएको थियो तर स्कटल्यान्ड ४३.२ ओभरमा १४९ रनमै अलआउट हुन पुग्यो ।

बलिङमा नेपालका तिलकराज भण्डारीले ३ विकेट लिए भने आकास चन्दले २ विकेट हात पारे। 

नेपाल उक्त खेलमा पहिले ब्याटिङ गरेको थियो भने ४९.२ ओभरमा  २८४ रनमा अलआउट भएको थियो । गुल्सन झाले नेपालका लागि शतक प्रहार गरे। उनले कुल ११४ रन जोडेका थिए । 

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दिपक बोहराले नटआउट ५८ रन जोडेको थिए । 

 

  • न्युज बहार संवाददाता

थप