फागुन २५, काठमाडौं । आईसीसी क्रिकेट अन्तर्गत
अन्तिम शृंखलाको पहिलो खेलमा नेपाल र पीएनजी को खेल आज भइरहेको छ। पीएनजी विरुद्ध नेपालले
पहिला ब्याटिङ गरिरहेको छ र यतिबेला नेपालले आफ्नो तेस्रो विकेट पनि गुमाएको छ।
नेपालले आफ्नो तेस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको छ। उनी ११ रन बनाएर भर्खरै आउट भएका छन् भने पीएनजीका रिले हेकुरेले ज्ञानेन्द्र मल्ललाई आउट गरेर तेस्रो विकेटसमेत लिएका छन्। २५औं ओभरको अन्तिम बलमा बलर हेकुरेले मल्ललाई असद भालाको हातबाट क्याच आउट गराएका हुन्। ज्ञानेन्द्रले १४ बलमा १ चौका प्रहार गरेका थिए।
नेपालका
तर्फबाट नयाँ ब्याटरका रुपमा कप्तान रोहितकुमार पौडेल क्रिजमा पुगेका छन् । नेपालले
३ विकेट गुमाएर १४० रन २५ ओभरको खेल सकिँदा बनाएको छ। ओपनर आसिफ शेखले ७७ रन बनाएर
मैदानमा खेलिरहेका छन।
- न्युज बहार संवाददाता