बैशाख ६, काठमाडौं । आईपीएल - इण्डियन प्रिमियर लिग २०२३ अन्तर्गत हिजो राति भएको सनराइजर्स हैदरावादविरुद्धको खेलमा मुम्बई इण्डियन्स १४ रनले विजयी भएको छ ।
यस सिजन यो मुम्बई इण्डियन्सको लगातार तेस्रो जित हो भने हैदरावादको लागि दुई जित पछिको हार हो ।
गएराति राजीवगान्धी क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो ।
घरेलु मैदानमा १९३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादको टिम १९.५ ओभरमा १७८ रन बनाउँदा अलआउट भयो थियो।
- न्युज बहार संवाददाता