Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मुम्बई इन्डियन चेन्नई सुपर किंग्ससँग २० रनले पराजित

  •   २ वर्ष अघि | ३ बैशाख २०८१, सोमवार

बैशाख ३, काठमाडौँ । मुम्बई इन्डियन्का पूर्वकप्तान रोहित शर्माको शतकका बाबजुद टोली चेन्नई सुपर किंग्ससँग २० रनले पराजित भएको छ । आईपीएल २०२४ को आइतबार राती भएको खेलमा चेन्नईले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रनमात्र बनाउन सक्यो ।

मुम्बईका लागि रोहित शर्माले नटआउट रहेर १ सय ५ रन बनाउँदै गर्दा पनि टोलीका लागि जित भने दिलाउन सकेनन् । हार पछी मुम्बई आफ्नै घरेलु मैदानमा निराश बन्न पुग्यो ।

चेन्नईका मथिसा पथिराना हिजोको खेलमा प्लेयर अफ द म्याच बनेका छन । उनको घातक बलिङले मुम्बई इनिङ्सलाई ध्वस्त पारेको थियो । पथिरानाले ४ ओभरमा २८ रन खर्चेर मुम्बईको महत्वपुर्ण ४ विकेट लिएका थिए ।

चेन्नईका लागि खेलको अन्त्यमा आएका पूर्वकप्तान महेन्द्र सिंह धोनीले विस्फोटक ब्याटिङ गर्दै ४ बलमा २० रन जोडेका थिए । उनले ३ छक्का प्रहार गरेका थिए । 

  • न्युज बहार संवाददाता

थप