फागुन १६, काठमाडौँ। अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप ट्रफी जिताउने कप्तान लियोनल मेसीले फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडीको अवार्ड जितेका छन्।
गएराति एक कार्यक्रमबीच फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमालाई पछि पार्दै ३५ वर्षिय अर्जेन्टिना र पेरिस सेन्ट जर्मेनका फरवार्ड मेसीले अवार्ड हात पारेका हुन्। उनिहरु तिनै जना उत्कृष्ट तीनमा समावेश भएका थिए।
यसअघि अन्तिम
तीनको मनोनयन फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले दिएको मतका आधारमा
सार्वजनिक भएको थियो।
अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जिताउँदै अवार्ड विजेता मेसी कतार विश्वकपमा प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि बनेका थिए। क्लब र देशका लागि मेसीले सन् २०२१-२२ मा ४९ खेलबाट २७ गोल गरेका थिए।
फिफाले फिफाका
सदस्य राष्ट्र, प्रशिक्षक
र पत्रकारको मतका आधारमा विजेता छनोट गरिएको जानकारी दिएको छ।