आइसिसी विश्वकप
लिग-२ अन्तर्गत नेपाललाई नामिबियाले २८६ रनको लक्ष्य दिएको छ।
टस
जितेर फिल्डिङ रोजेको नेपाले कीर्तिपुरस्थित
त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको नामिबिया २८५ रनमा अलआउट गरेको छ।
लागिद भान
लिङ्गेनले नामिबियाका लागी पहिलो शतक प्रहार गरेका छन । उनले पुरा खेलमा १३७ बलमा १३३
रन जोडे जसमा ९ चौका र ५ छक्का प्रहार थिए।
कप्तान गेरार्ड
इरासमसले ५६ रनको योगदान गरे भने ओपनरद्वय लोहान लाउरेन्स ५ रन र कार्ल बिरकेनस्टक
१३ रनमा आउट भए।
। उनले
भान लिङ्गेनसँग तेस्रो विकेटका लागि १६४ रनको साझेदारी गरे।
यस्तै बलिङमा
नेपालका तर्फबाट करण केसीले १० ओभरमा ६१ रन खर्चिदै ५ विकेट लिए ।
यता
स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चिदै ३ विकेट लिए। लामिछानेमाथि
लागेको बलात्कार अभियोग पछि पहिलो पटक मैदान फर्किएका हुन्।
कुशल मल्ल र सोमपाल कामीले १-१ विकेट लिए।