पुस ६, काठमाडौँ । एनपीएल – आज भएको एनपीएलको
ट्रफीमा जनकपुर बोल्ट्सले आफ्ने नाम लेखाएको छ । संसारकै सर्वोच्च शिखर सगरमाथा नजिकै रहेको कालापत्थरको ढुगा
राखेर बनाइएको एनपीएलको ट्रफी जनकपुर बोल्ट्सले उचालेको हो ।
आज शनिबार
भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले हराउँदै उपाधि उचालेको
हो ।
पूर्वप्रधानमन्त्रीद्वय
पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले त्रिवि क्रिकेट मैदानमा आयोजित
समारोहबीच विजेता जनकपुरलाई ट्रफी हस्तान्तरण गरेका थिए ।
- न्युज बहार संवाददाता