Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित

  •   २ वर्ष अघि | ३ असार २०८१, सोमवार

असार ३, काठमाडौँ । नेपाल टी–२० विश्वकप अन्तर्गतको अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको छ । नेपालले १ सय ७ रनको लक्ष्य पछ्याएकोमा १९.२ ओभरमा आफ्नो सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सफल भयो ।

यता यो जितसँगै बंगलादेश सुपर ८ मा पुग्न सफल भएको छ ।

नेपालका लागि कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन बनाएका छन ।

टस जितेर पहिले फिल्डिङ गरको नेपाली टोलीका बलर तर्फ सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले समान दुई–दुई विकेट लिएका थिए ।

आजको खलेमा २ विकेट लिएसँगै नेपालका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेटको कोशेढुंगा पनि पुरा गरेका छन् । 

  • न्युज बहार संवाददाता

थप