जेठ १३, काठमाडौँ। इन्डियन प्रिमियर लिगको हिजो राती भएको खलेमा साविक विजेता गुजरात टाइटन्स लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ । गुजरात टाइटन्सले क्वालिफायर–२ को खेलमा मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गरेको हो ।
यस खलेमा जित दिलाउने नायक शुभमन गिल र मोहित शर्मा हुन। शुभमन गिलले ६० बलमा १२९ रन र मोहित शर्माले १० रनमा ५ विकेट लिएका थिए।
यस उत्कृष्ट पारी सँगै गिल प्लेअफमा शतक बनाउने सबैभन्दा कान्छो ब्याट्सम्यान बने भने गुजरात लगातार दुई सिजन फाइनलमा पुग्ने तेस्रो आईपीएल टोली बनेको छ।
मुम्बईले शुक्रबार राति भएको खेलमा टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाएर २३३ रनको बिशाल लक्ष्य बनाउन सफल भयो तर जवाफमा मुम्बई १८.२ ओभरमा १७१ रन मात्र बनाएर अलआउट हुन पुग्यो।
अब भोली अर्थात शनिबार गुजरातको टोलीले त्यही मैदानमा एमएस धोनीको चेन्नईसँग फाइनल खेल खेल्ने छ।
- न्युज बहार संवाददाता