Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्लेअफमा स्थान बनाउनेमा पहिलो टिम बन्यो गुजरात टाइटन्स।

  •   ३ वर्ष अघि | २ जेष्ठ २०८०, मङ्लबार

जेठ २, काठमाडौँ। आईपीएल - इन्डियन प्रिमियर लिगमा साविक विजेता समेत रहेको गुजरात टाइटन्सले हिजो राती भएको खेलमा सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ । हिजोको यस जितपछि प्लेअफमा पुग्ने गुजरात पहिलो टिम बनेको छ। गुजरातले एक खेल बाँकी छँदै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो ।

१३ खेलबाट १८ अंक जोडेको गुजरात अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । गुजरात शीर्ष दुईमा रहने पक्का भइसकेको छ र सिधै क्वालिफायर खेल्ने भएको छ। गुजरातले अब लिगको बाँकी खेलमा बेंगलोरसँग खेल्ने छ।

हिजो आठौं हार बेहोरेको हैदरावाद भने लिग चरणबाट बाहिरिएको छ। लिग चरणबाट बाहिरिने हैदरावाद दोस्रो टिम बनेको छ । नरेन्द्र मोदी स्टेडियम घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ९ विकेट गुमाएर १८८ रन बनाएको थियो भने १८९ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाउन सफल भयो।

  • न्युज बहार संवाददाता

थप