बैशाख २५, काठमाडौँ । । आईपीएल- इण्डियन प्रिमियर लिग २०२३ सिजनको हिजो भएको
खेलमा सनराइजर्स
हैदरावाद र गुजरात
टाइटन्स विजयी भएका छन।
हिजो साँझ देखि सुरु भएको पहिलो खेलमा साविक विजेता समेत रहेको गुजरात टाइटन्सले लखनउ सुपर
जायन्ट्लाई ५६ रनले पराजित गरेको छ ।
नरेन्द्र मोदी स्टेडियम गुजरातको घरेलु मैदान मा २२८ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्र बनाउन सफल भयो ।
यता हिजो राती भएको खेलमा राजस्थान रोयल्सले दिएको २१५ रनको विजय लक्ष्य हैदरावादले ६ विकेट गुमाएर पूरा गरी जित हासिल गरेको छ । राजस्थान रोयल्सले दिएको २१५ रनको विजय लक्ष्य हैदरावादले ६ विकेट गुमाएर पूरा गर्यो ।
- न्युज बहार संवाददाता