जेठ ८, काठमाडौँ। आइपिएल - इन्डियन प्रिमियर लिग क्रिकेटको हिजो राती भएको खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्न सफल भएको छ ।
आइतबार राति भएको खेलमा शुभमन गिलको शतकिए पारिको मद्दतले शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले बैंग्लोरले प्रस्तुत गरेको १९८ रनको लक्ष्य ४ विकेटको क्षतिमा ५ बल अगावै पछ्याइ विजयी यात्रा तय गरेको हो।
यता हिजो साँझ नै भएको खलेमा मुम्बई इन्डियन्सले हैदरावादलाई हराएको छ र मुम्बईले प्रतियोगिताको प्लेअफमा स्थान बनाउन सफल भएको छ ।
त्यस्तै, चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स पनि यसअघि नै प्लेअफमा पुगिसकेका छन्।
- न्युज बहार संवाददाता