बैशाख ८, काठमाडौँ। एसिसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत आज शुक्रबारको दोस्रो खेलमा पनि नेपालले शानदार जित हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको हो।
ओमानका ११ औं नम्बर ब्याट्सम्यानले चोटका कारण ब्याटिङ गर्न आउन सकेनन् यतिबेला सम्म ओमनले ४६.३ ओभरमा ९ विकेट गुमाइसकेको थियो। ओमान २२६ रन बनाउँदा अलआउट हुन पुग्यो र नेपालले आफ्नो जितको खुसियाली मनाउन सफल भयो।
आजको भएको खेलमा नेपालका दुई युवा खेलाडीहरु कुशल मल्ल र सन्दिप लामिछानेले नयाँ किर्तिमान बनाउन सफल भए ।
कुशल मल्लले नेपालका लागि एकदिवासीय अन्तर्राष्ट्रियमा छिटो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान बनाएका छन भने सन्दिप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् ।
अब नेपालको अर्को खेल बैशाख ११ गते सोमबार साउदी अरबसँग रहेको छ भने यो खेल काठमाडौँको मुलपानि क्रिकेट मैदानमा खेलिनेछ ।
- न्युज बहार संवाददाता