चैत
२१, भरतपुर। निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले
लिएर काम अगाडि बढाउने निर्णय गरेको छ।
एक
मन्त्रीले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जानकारी
दिएका छन ।
२०७८
सालको साउनको २३ गतेदेखि यस रंगशालाको निर्माणको काम भएको छैन। धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माणको क्रममा
उधारोमा खरिद गरिएका सामग्रीको रकम तिर्न नसकेपछि रंगशाला निर्माणबाट पछि हटेको
थियो।
फाउण्डेशनले
रंगशालाको स्वामित्व महानगरलाई हस्तान्तरण गरे पनि यसको बाँकी निर्माण कार्य कसरी
अघि बढाउने भन्ने निर्क्यौल हुन सकेको थिएन।
त्यस
समयमा रंगशालाका लागि बागमती प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख र जिल्ला समन्वय समितिले २ करोड २२ लाख रुपैयाँ
सहयोग गर्ने घोषणा गरेका थिए।
महानगरपालिकालाई
हस्तान्तरण गर्दा फाउन्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको जनकारी
गराएको छ।
- न्युज बहार संवाददाता