बैशाख ८, काठमाडौँ। अहिले भइरहेको एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तगर्त नेपाल र ओमान बिचको खेलमा उत्कृष्ट ब्याटिङ गर्दै कुशल मल्लले शतक प्रहार गरेका छन्।
५९ बल खेलका कुशलले ९ चौका र ९ छक्काको मद्दतमा १०१ रन बनाएका हुन।
यसअघि पहिलो मलेसियासँगको खेलेमा पनि कुशलले अर्धशतकीय पारी खेलेका थिए।
३८.५ ओभरको खेल चलिरहँदा नेपालले ६ विकेट गुमाएर २०९ रन जोडेको छ।
- न्युज बहार संवाददाता