मंसिर १८, काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग
(एनपिएल) मा उत्कृष्ट सुरूवात गरेको छ । यता विराटनगर किंग्सले भने लगातार दुई
खेलमा हारको सामना गरेको छ ।
आज मंगलबार
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा विराटनगरलाई सुदूरपश्चिमले ९०
रनले फराकिलो अन्तरले पराजित गर्यो।
विराटनगर
सुदूरपश्चिमद्वारा दिइएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा १६.१ ओभरमा ९२ रनमै
अलआउट हुन पुग्यो।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका कप्तान
दीपेन्द्रसिंह ऐरीले भने उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका थिए ।
- न्युज बहार संवाददाता