फागुन ९, काठमाडौँ । आज भएको आइसिसी क्रिकेट विश्वकप लिग टू को खेलमा नेपालले स्कटल्यान्ड विरुद्ध शानदार जित हासील गरेको हो । तर पहिलेको खेलमा जस्तै आजको खेलपछि पनि स्कटल्यान्डका क्रिकेट खेलाडीले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका छन्।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको थियो।
खेलपछि दुबै देशका अरू खेलाडी र अफिसियलले हात मिलाएर हार्दिकता साट्ने गरिन्छ सोही क्रममा बलात्कारको आरोप लागेका सन्दीपसँग भने स्कटल्यान्डका खेलाडीले हात मिलाएनन्। स्कटल्यान्डका अफिसियलले भने सन्दीपसँग आज हात मिलाएका छन।
यसअघि गत शुक्रबार पनि स्कटल्यान्डका खेलाडी र अफिसियलले सन्दीपसँग हात मिलाउन अस्वीकार गरेका थिए।यता स्कटल्यान्डका खेलाडीहरुले भने यो विषयमा सन्दिपलाई पुर्व जानकारी गराएरै हात नमिलाएको बताएका छन ।