Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अर्जेन्टिना र ब्राजिलको खेलका क्रममा समर्थकहरूबीच कुटाकुट, माहोल शान्त नबनेपछि मैदानबाट बाहिरिए मेस्सी

  •   ३ वर्ष अघि | ६ मंसिर २०८०, बुधबार

मंसिर ६, काठमाडौँ । चिरप्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाबीचको फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेल केहीबेर अवरूद्ध भएको छ।

खेल सुरू हुनअघि रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा दुई देशका समर्थकहरूबीच कुटाकुट भएपछि खेल आधा घन्टा अवरूद्ध भएको हो। 

दुई देशका समर्थक समूहबीच बिहान सवा ६ बजे खेल सुरू हुनुभन्दा केही बेरअगाडि हानाहान भएपछि माराकाना रंगशाला केहीबेर तनावग्रस्त बनेको थियो ।

फ्यानहरूबीच दुबै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिएलगत्तै कुटाकुट भएको थियो। 

समर्थकहरूबिच कुटाकुट हुँदा केही व्यक्तिहरू घाइते समेत भएका छन् भने तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेपछि  त्यहाँ खटिएका सुरक्षाकर्मीले लाठी चार्ज समेत गरेका थिए। 

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्ना खेलाडीसहित माहोल शान्त नबनेपछि मैदानबाट बाहिरिएर ड्रेसिङ रूममा  गएका थिए।

  • न्युज बहार संवाददाता

थप