बैशाख ३१, काठमाडौँ। इन्डियन प्रिमियर लिग - आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स प्लेअफ प्रतिस्पर्धावाट बाहिरिएको छ। यस सिजन प्लेअपको होडवाट बाहिरिने दिल्ली क्यापिटल्स पहिलो टिम बनेको छ ।
दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा शनिवार राति भएको खेलमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाइ ३१ रनले पराजित गरिको छ यसपछी दिल्लीको शीर्ष चारमा पर्ने सम्भावनामा पुर्नबिराम लागेको छ। दिल्लीको १२ खेलबाट ८ अंक सहित अंक तालिकाको अन्तिम स्थानमा छ ।
दिल्लीले हिजो रातिको खेलमा टस जितेर पञ्जाब किंग्सलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। जवाफमा पञ्जाब किंग्सले १६८ रनको लक्ष्य खडा गरेको थियो तर १६८ रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ८ विकेट गुमाएर १३६ रन मात्र बनाउन सफल भयो ।
- न्युज बहार संवाददाता