चैत १६, काठमाडौँ । इन्डियन प्रिमियर लिग
(आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्सले लगातार दोस्रो हार व्यहोरेको छ । हिजो राति
भएको खेलमा राजस्थान रोयल्सयुवा अलराउन्डर रियान परागको उत्कृष्ट ब्याटिङले दिल्ली
क्यापिटल्सलाई १२ रनले हराउँदै रोयल्सले दोस्रो जित हात पार्न सफल भएको हो ।
दिल्लीले आफ्नो
दोस्रो खेलमा जितको लागि १८६ रनको लक्ष्य पछ्याएकोमा २० ओभरमा ५ विकेट गुमाउँदै १७३
रन मात्र बनाउन सफल भयो । दिल्लीका ट्रिस्टन स्टब्सले २३ बलमा २ चौका र ३
छक्कासहित ४४ रन बनाएका थिए ।
त्यस्तै दिल्लीका
ओपनर डेविड वार्नर ३४ बलमा ४९, मिचेल मार्श २३ र ऋषभ पन्त २८ रनमा आउट भएका हुन ।
राजस्थानका
लागि नान्द्रे बर्गर र युजभेन्द्र चहलले समान २/२विकेट लिएका छन ।
त्यसअघि राजस्थानले
आफ्नो घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो । राजस्थानले
२० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको हो । रियान पराग ४५ बलमा ८४ रनमा नट आउट रहेका
थिए ।
- न्युज बहार संवाददाता