Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कप्तान देव खनालको १२५ रन सगै नेपालको दोस्रो जित।

कुवेतलाई नेपालले २४३ रनको फराकिलो अन्तरले हरायो ।

  •   ४ वर्ष अघि | १३ फाल्गुन २०७९, शनिबार


फागुन १३, काठमाडौँ । शनिबार नेपालले आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपाली यू–१९ टिलीले लगातार दोस्रो जित निकालेको छ । आज शनिबार यूएईमा भएको दोस्रो खेलमा कुवेतलाई नेपालले २४३ रनको फराकिलो अन्तरले हराएको हो।

यूएईको मलिका क्रिकेट मैदानमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याउने क्रममा कुवेत ३० ओभर ५ बलमा अलआउट भयो र अलआउट हुदा कुवेतको १०० रन मात्र भएको थियो । कुवेतका लागि खेल्दै जुधा सालधानाले सर्वाधिक २६ रन बनाय । त्यसै गरी रसिन मोहमदले १९ रन मात्र बनाउँदा किसोरी भाइ हिन्सु १६ रनमा सिमित भए।

नेपालका तर्फबाट बलिङमा आकाश चन्दले सर्वाधिक ६ विकेट लिए भने हेमन्त धामी र दिपेश कंडेलले समान २,२ विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर ५० ओभरमा ३४३ रन बनाएको थियो।

नेपालका लागि खेल्दै कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले सानदार शतक बनाए । कप्तान देव खनालले १२५ रन बनाए । त्यस्तै ओपनर मा आएका अर्जुन कुमालले १०८ रन बनाए । विशाल बिक्रम केसीले २३ रन बनाउँदा यता दिपक डुम्रेले २० रन बनाए।

थप