चैत
१५, काठमाडौँ। क्यान - नेपाल क्रिकेट संघले एसीसी पुरुष
प्रिमियर कप खेल्ने नेपालको
प्रारम्भिक टोली घोषणा गरेको छ।
आगामी वैशाख ५ गतेदेखि एसियन क्रिकेट
काउन्सिल (एसीसी)को आयोजनामा नेपालमै हुने प्रतियोगिताका लागि बुधबार क्यानले २१
खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको हो।
क्यानले
सार्वजनिक गरेको प्रारम्भिक टोलीमा आशिफ शेख, कुशल भूर्तेल, रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, कुशल मल्ल, गुल्सन
झा, दिपेन्द्र
सिंह ऐरी, करण केसी, सोमपाल कामी
रहेका छन।
त्यसै
गरी भीम सार्की, सन्दीप
लामिछाने, प्रतिश
जिसी, सन्दीप
जोरा, ललित राजवंशी, कमल सिह ऐरी, श्याम ढकाल (मौसम), सूर्य तामाङ, अर्जुन साउद, देव खनाल र किशोर महतो पनि टिममा रहेका छन्।
- न्युज बहार संवाददाता