मंसिर १९, काठमाडौँ । आज नेपाल सुपर लिग २०२३ मा वीरगञ्ज युनाइटेड र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल काठमाडौँको त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा साँझ ५ बजेदेखि सुरु हुने छ ।
आजको टिम ललितपुरले आफ्नो चौथो खेल खेल्दैछ भने वीरगञ्जको यो तेस्रो खेल हुनेछ । एक जित र दुई बराबरीबाट ५ अंकसहित ललितपुर दोस्रो स्थानमा छ ।
अर्को तर्फ नयाँ टोली वीरगञ्ज अझै पनि जितिविहीन रहेको छ । आजको खेलमा वीरगञ्ज पहिलो जितको खोजीमा हुनेछ ।
- न्युज बहार संवाददाता