असार ५, काठमाडौँ । सोमबार भएको खेलमा टी-२० विश्वकप
२०२४ मा नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर
तान्जिम हसन सकिबलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ
।
मंगलबार एक प्रेस
विज्ञप्ति जारी गर्दै आईसीसीले उनलाई कारबाही गरेको जानकारी दिएको हो । यस
कारबाहीले उनको म्याच फिको १५ प्रतिशत रकम काटिने भएको छ ।
दुबै बिचमा खेलको तेस्रो
ओभरको अन्तिम बलपछि तान्जिम र रोहितबीच उक्त घटना भएको थियो ।
तान्जिमले रोहितलाई
हातले धक्का समेत दिएका थिए । रोहितलाई आसिफ शेखल र ताम्जिमलाई लिटन दासले थप झगडा
गर्नबाट रोकेका थिए ।
आईसीसीको आचार संहित
२.१२ खेलाडी र खेलाडी समर्थकबीचको नियम उंलङ्घन गरेको हुँदा तान्जिम कारबाहीमा
परेका हुन् । तान्जिमले उक्त खेलका म्याच रेफ्री रिचर्ड्सनसँग गल्ती स्वीकार समेत
गरेका छन् ।
- न्युज बहार संवाददाता