Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पल्सर स्पोर्ट्स अवार्डमा अञ्जन विष्ट बने वर्षको उत्कृष्ट खेलाडी।

उनले विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध उत्कृष्ट गोल गरेका थिए।

  •   ४ वर्ष अघि | २३ फाल्गुन २०७९, मङ्लबार

फागुन २३, काठमाडौं । पल्सर स्पोर्ट्स अवार्डमा फुटबल खेलाडी अञ्जन विष्ट वर्षको उत्कृष्ट खेलाडी बनेका छन्।

गत वर्ष गरेको प्रदर्शनका आधारमा नेपाल खेलकुद पत्रकार मञ्चले उनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरेको हो ।

यो विधामा फुटबलका किरण चेम्जोङ,  अञ्जन विष्ट, क्रिकेटतर्फबाट दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल तथा ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेका थिए। उनीहरुलाई पछि पार्दै अञ्जन विष्टले अवार्ड हात पारेका हुन। उनले विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध उत्कृष्ट गोल गरेका थिए।

यस्तै १३ औं साफ च्याम्पियनसीपमा श्रीलंका र बंगलादेशविरुद्ध पनि अञ्जन विष्टले उत्कृष्ट गोल गर्न सफल भएका थिए। उनले पल्सर स्पोर्ट्स अवार्डमा पल्सर मोटरसाइकल पनि पुरस्कार पाएका छन्।

  • न्युज बहार संवाददाता

थप