मंसिर
३०, काठमाडौँ । इन्डियन प्रिमियर लिग २०२४
को सिजनमा भारतीय टोलीका अलराउन्डर हार्दिक पाण्ड्याले मुम्बई इन्डियन्सको कप्तानी
गर्ने भएका छन् । मुम्बईलाई ५ वटा उपाधि दिलाएका रोहित शर्माको स्थान हार्दिक
पाण्ड्याले लिने भएका हुन । यसबारे मुम्बई इन्डियनले एक प्रेस विज्ञप्ति जारी
गर्दै जानकारी दिएको हो ।
तर, रोहित शर्माको भूमिका बारे फ्रेन्चाइजीले
स्पष्ट गरेको छैन । फ्रेन्चाइजीले गुजरात टाइटन्ससँग १९ दिनअघि पाण्ड्यालाई १५
करोड भारुमा किनेको थियो ।
शुक्रबार
एक विज्ञप्ति जारी गर्दै फ्रेन्चाइजीले अलराउन्डर खेलाडी पाण्ड्या मुम्बई
इन्डियन्सको कप्तानको जिम्मेवारी दिन तयार रहेको जनाएको हो । मुम्बईको भनाई अनुसार
उनले सबैभन्दा लामो समय सेवा गर्ने र सबैभन्दा सफल कप्तान रोहित शर्माको स्थान
लिने छन।
- न्युज बहार संवाददाता