चैत
४, काठमाडौँ। त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ
लुइस मेथडबाट ९ रनले पराजित गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि
स्थान पक्का गरेको थियो।
खेल
हेर्न हजारौं दर्शक मैदानभित्र र बाहिर गरेर उपस्थित थिए। उक्त रोमान्चक खेलमा
नेपालको उत्पादन वाइवाइ तयारी चाउचाउ धेरै खपत भएको सिजी फुड्सले जनकारी दिएको
छ।
वाइवाइले
खेलका दौरान थुप्रिएको उक्त चाउचाउका खोल, पानीका बोतल लगायत अन्य फोहोर मैलालाई
सकंलन गरेर त्रिवि क्रिकेट मैदान सफा गरेको छ।
'बनौं
आदर्श नागरिक' भन्ने स्लोगनका
साथ सामाजिक दायित्व निर्वाह गरेको र लामो समयदेखि सामाजिक क्रियाकलापहरू गर्दै
आएको सिजी फुड्सले खेल मैदान र वरपर सरसफाइ गरेको बताएको छ।
- न्युज बहार संवाददाता