असोज ३०, काठमाडौँ । नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । आज भएको खेलमा लाओसलाई १-० ले पराजित गर्दै नेपाल समग्रमा २-१ ले विजयी भएको हो । आज भएको खेलमा नेपालका लागी मनिष डाँगीले एक मात्र गोल गर्दै नेपाललाई जित दिलाएका हुन ।
मंगलबार लाओसको मैदानमा भएको दोस्रो
लेगको खेलमा नेपालले लाओसलाई १-० ले पराजित गर्दै समग्रमा २-१ ले विजयी भएको हो। काठमाडौंको
दशरथ रंगशालमा यसअघि बिहीबार भएको पहिलो लेगको खेलमा नेपाल र लाओस १-१ को बराबरीमा
रोकिएको थियो ।
- न्युज बहार संवाददाता