चैत २६,
काठमाडौँ । यश ठाकुर र क्रुनाल पाण्ड्याको घातक बलिङपछि लखनउ सुपर जायन्ट्सले गुजरात
टाइटन्सलाई ३३ रनले पराजित गरेको छ । आइतबार राति भएको खेलमा १ सय ६४ रनको लक्ष्य
पछ्याएको गुजरात १८.५ ओभरमा मात्र १ सय ३० रनमा समेटिएको हो ।
लखनउका
लागि ठाकुरले ३.५ ओभर बलिङ गर्दै एक मेडनसहित मात्र ३० रन खर्चेर ५ विकेट लिएका
थिए । त्यस्तै पाण्ड्याले ४ ओभरमा मात्र ११ रन खर्चँदै ३ विकेट लिएर राम्रो साथ
दिएका थिए ।
लखनउले पहिले
ब्याटिङ गर्दै मार्कस स्टोइनिसको अर्धशतकको मद्दतले निर्धातिर २० ओभरमा ५ विकेटको गुमाउँदै
१ सय ६३ रन बनाउन सफल भयो ।
- न्युज बहार संवाददाता