माघ १०, भरतपुर । भरतपुर माहानगरपालिकामा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण कार्यलाई अब महानगरपालिकाले निरन्तरता दिन नसक्ने घोषणा गरेको छ । करिब १८ करोड रुपैयाँ बराबरको ऋण भएकोले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणलाई निरन्तरता दिन नसक्ने घोषणा महानगरपालिका प्रमुख रेणु दाहालले एक कार्यक्रम मार्फत गर्नु भएको हो ।
यसैगरी रंगशाला निर्माण कार्यमा जोडिएका धुर्मुस सुन्तली फाउन्डेसनले छिट्टै रंगशाला निर्माणमा लागेको खर्चको सम्पूर्ण विवरण दिने पनि बताइएको छ ।