चैत
२५, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ ।
आइतबार नेप्से परिसूचक
२२.७५ अंक(१.१३ प्रतिशत) बढेर २०२६.८१ विन्दुमा बन्द भएको छ ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि बृद्धी भएको छ । नेप्सेमा
यस दिन ३११ स्टकको ६४ हजार २२१ पटकको कारोबारमा ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ
बराबरको १ करोड १२ लाख १० हजार कित्ता शेयर किनबेच भएको छ ।
आज बजारमा ५ स्टकको
शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पोखरा फाइनान्स, मानुषि लघुवित्त
वित्तीय संस्था, नेपाल फाइनान्स, गुराँस लघुवित्त
वित्तीय संस्था, जानकी फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ
भने यस दिन तारागाउँ रिजेन्सी होटलको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा
कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ९५ करोड २० लाख
रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ।
आज १३ उपसमूहमध्ये दुई
उपसमूहको परिसूचक घटेको छ भने ११ उपसमूहको परिसूचक बढेको छ । यस दिन सर्वाधिक ५.९५
प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको छ। आइतबार होटल तथा पर्यटन र व्यापार
उपसमूहमा परिसूचक केही गिरावट आएको छ ।
- न्युज बहार संवाददाता