Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने, प्रतिकित्ता मुल्य कति?

  •   ३ वर्ष अघि | १३ फाल्गुन २०८०, आइतवार

फागुन १३, काठमडौँ । आज अर्थात फागुन १३ गते आइतबारदेखि सर्वोत्तम सिमेन्ट लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानिकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न खुला गरेको हो।

लगानीकर्ताले कम्पनीको आईपीओमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ भने न्यूनतम ५० कित्ता देखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । छिटोमा फागुन १६ गते निष्काशन बन्द हुनेछ भने माग अनुसार आवेदन नपरे ढिलोमा फागुन २७ गते निष्काशन बन्द हुनेछ हुनेछ।

इक्रा नेपालले कम्पनीलाई शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यस्तो प्रकारको रेटिङ्गले कम्पनिको समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको भन्ने बुझिन्छ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ भने एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड सह निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन।

सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ लगानी गर्न चाहाने लगानिकर्ताहरुले आज १० बजेपछी नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप