असोज २४, काठमाडौँ । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
आज डलर एकको खरिददर १३२ रुपैयाँ
९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको
छ ।
यस दिन युरोपियन युरो एकको
खरिदमा भने १४० रुपैयाँ ८१ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर
आज १६३ रुपैयाँ र बिक्रीदर १६३ रुपैयाँ ७३ पैसा तोकिएको छ।
त्यसैगरी
कतारी रियाल एकको खरिदमा ३६
रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा पाइने छ । त्यस्तै साउदी अरेबियन
रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा पाइन्छ ।
आज नेपाल राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ १८ पैसा र बिक्रीमा
८५ रुपैयाँ ५७ पैसा र क्यानेडियन डलर एकको
खरिदमा भने ९७ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९८ रुपैयाँ १९ पैसा तोकिएको छ ।
आज बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८५ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७९ पैसा तोकिएको छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ११ पैसा तोकिएको छ।
यस दिन युएई दिराम एकको खरिदको मुल्य ३६ रुपैयाँ १८ पैसा र बिक्री मुल्य ३६ रुपैयाँ २५ पैसा र मलेसियन रिंगिट एकको खरिद मुल्य २८ रुपैयाँ १० पैसा र बिक्रीमा २८ रुपैयाँ २२ पैसा रहेको छ
- न्युज बहार संवाददाता